छोरी बलात्कार गर्ने बाबु पक्राउ – Kanika Khabar
Thursday, June 11Nepali News Portal

छोरी बलात्कार गर्ने बाबु पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार ६, पाल्पा ।

पाल्पामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। ३१ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनलाई शुक्रबार पक्राउ गरिएको हो।

आइतबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए। अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।

घटनाबारे कसैलाई भने मार्ने धम्की दिंदै आएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। अभियुक्त बुवालाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्