आजदेखि हुने कक्षा १२ को वार्षिक परीक्षा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आजदेखि हुने कक्षा १२ को वार्षिक परीक्षा

    मा प्रकाशित

जेठ १६, काठमाडौँ ।
आजदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिनुभयो । परीक्षाको सबै तयारी गरिसकेको र सम्बन्धित स्थानमा उत्तरपुस्तिकाहरु सबै पुगिसकेको उहाँले बताउनुभयो ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो ।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्