वन डढेलो नियन्त्रणका लागि जनचेतनाको आवश्यक – Kanika Khabar
Friday, April 26Nepali News Portal

वन डढेलो नियन्त्रणका लागि जनचेतनाको आवश्यक

    मा प्रकाशित

शरद सागर देवकोटा
असार ६, दाङ ।
वनमा डढेलो लाग्नुको कारण सानो र त्यसको परिणाम भयाबह हुने हँुदा वन डढेलो नियन्त्रणका लागि सबै सचेत हुन जरुरी रहेको आज लमहीमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । डिभिजन वन कार्यालय देउखुरीको आयोजनामा आज लमहीमा आयोजित डढेलो नियन्त्रण सम्वनधी सरोकारवाला बैठकमा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
लमही नगरपालिकाका प्रमुख कुल बहाहदुर केसीले वन डढेलोले वन क्षेत्र मात्र सखाप नभई वनसँग आश्रित जङ्गली जनावर , पशुपंक्षी, चराचुरुङ्गीको बासस्थान लगायत थुप्रै क्षेत्रमा नोक्सान गर्ने भएकोले यसको नियन्त्रण गर्न स्थानीय सरकार वनसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए । उनले वनको विकास संरक्षणमा लमही नगरपालिका सहयोगी निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासँघ देउखुरी क्षेत्रका संयोजक हरि भुसालले वन डढेलो नियन्त्रणका लागि सामुदायिक नगर स्तरीय वन डढेलो सञ्जाल गठन गर्न आवश्यक रहेको र त्यसका लागि स्थानीय सरकारको सहयोगको खाँचो रहेको बताए । नर्ती वन समन्वय समितिका सल्लाहकार गोपाल ज्ञवालीले वन डढेलो नियन्त्रणका लागि जनचेतनाका कार्यक्रमलाई व्यापक वनाउन जरुरी रहेको विचार व्यक्त गरे ।
अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले वनलाई पर्यटन र उत्पादनमुलक कार्यसँग जोड्न सके मात्र वन डढेलोको जोखिम कम गर्न सकिने राय व्यक्त गरे ।
नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले वन डढेलो नियन्त्रणका लागि स्थानीय वडा स्तरीय डढेलो नियन्त्रण समिति गठन गरी क्रियाशील बनाउन आवश्यक रहेको धारणा राखिन् । त्यसैगरी वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले डढेलो नियन्त्रणका लागि प्रहरीले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीको बिषय प्रबेश तथा अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकृत प्रेमिलाल शाहले चैत्र र बैशाखको अवधिमा देउखुरी क्षेत्रमा २ सय छपन्न हेक्टर वन क्षेत्रमा आगलागी भएको जानकारी गराएका थिए । कार्यक्रमको सचालन वन अधिकृत देवी चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्