असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

    मा प्रकाशित

जेठ १८, दाङ ।
सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ ।

अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो ।

गत बैशाख ९ देखि २० गतेसम्म भएको एसइइ परीक्षामा पाँच लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्