दरबार हत्या काण्ड : २१ वर्ष रहस्यमै – Kanika Khabar
Friday, May 17Nepali News Portal

दरबार हत्या काण्ड : २१ वर्ष रहस्यमै

    मा प्रकाशित

जेठ १९, दाङ ।
नारायणहिटी दरबार हत्या काण्डको २१ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसँगै उनको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदासम्म पनि घटना रहस्यमै रहेको छ ।

 

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास हुने गरी हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिसहितको निधन भएको थियो । तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भएको थियो । तर त्यसलाई धेरै नेपालीले विश्वास गरेका छैनन् ।

 

२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे। गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए।

 

नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्था प्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको धम्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। तर यी सबका बावजूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जनता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। गएको एक दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबाट बचाउन सक्छ। अब उनी नै नेपाली जनतालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अचम्भित थिए, दुःखी थिए र गहिरो शोकमा डुबेका थिए। नेपाली जनताले हाम्रो भावनालाई जता सकिन्छ त्यतै डोर्यायौं।

जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए।

नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्‍यो र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्