प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति : सत्ता गठबन्धनभित्र दुई धार – Kanika Khabar
Friday, May 17Nepali News Portal

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति : सत्ता गठबन्धनभित्र दुई धार

    मा प्रकाशित

जेठ २२, दाङ ।

सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मङ्सिरमा गर्ने कि फागूनमा भन्नेमा दुई धार देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा मङ्सिर भित्रैमा चुनाव गर्नुपर्ने पक्षमा रहनुभएको छ भने गठबन्धन भित्रका कतिपय नेताहरू भने संघ र प्रदेशको चुनाव फागूनमा गर्नुपर्ने पक्षमा देखिएका छन् ।

स्थानीय तह चुनावको परिणामको कारणले गर्दा पनि सत्ता गठबन्धन भित्रका केही दल असन्तुष्ट बनेका छन् । परिणाम सोँचे जस्तो नआएको भन्दै नेकपा एस, जसपाका नेताहरूले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउने गरेका छन् । उनीहरू चुनाव फागूनमा गर्नुपर्ने पक्षमा देखिएका छन् ।

२०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ लिएका थिए ।

निर्वाचन मंसिरमा भएको तर सपथ फागुन २० गते भएकाले प्रतिनिधिसभाको कार्यकाल मङ्सिरमा सकिन्छ कि फागुनमा भन्ने बारेमा पनि राजनीतिक दलहरूबीच एकमत छैन ।माओवादी केन्द्रले भने मितिबारे ठोस धारणा ल्याएको छैन । गठबन्धनभित्र चिसिएको सम्बन्ध केही सुधार गरेर मात्रै चुनाव गर्नुपर्ने धारणा केही नेताहरूको रहेको भएपनि प्रधानमन्त्री देउवाले भने मङ्सिर भित्रमा चुनाव गरिसक्ने बताउनुभएको हो ।

स्थानीय तहको परिणाम आएपछि नेकपा एमालेले बाम गठबन्धनको आवश्यकता रहेको औल्याउदै अब एक भएर जानुपर्ने चर्चा सुरू गरेकाले पनि प्रधानमन्त्री देउवा समयमा नै चुनाव गराउने पक्षमा रहनुभएको छ ।

एमालेको चाहनामा गठबन्धन भत्किन सक्ने आशङ्का भइरेहका कारण पनि समयमा नै चुनावको मिति घोषणा गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्