मारिकोल्स लाई प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधि – Kanika Khabar
Monday, May 6Nepali News Portal

मारिकोल्स लाई प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२५ जेठ दाङ ।
दाङको तुलसिपुरमा संचालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी क्याम्पस अफ लाईभ साईन्सेस् (मारिकोल्स) ए ले जितेको छ ।
क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको आज बुधबार सम्पन्न फाइनल खेलमा तुलसिपुर मेट्रो कलेज हरिपौरी दाङ लाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै क्याम्पस अफ लाईभ साईन्सेस् (मारिकोल्स) ले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद ३५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको मेट्रो कलेज हरिपौरी उपविजेतामा सिमित रहदै नगद १५ हजार,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको दोस्रो हाफ्को २३ औ मिनेटमा क्याम्पस अफ लाईभ साईन्सेस् का जर्सी न १२ का रामसन केसि ले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम, सन्दिप बिक, किरण नाथ योगि रहनु भएको थियो ।
चार दिन सम्म चलेको अन्तर कृषि कलेज स्तरिय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह क्याम्पस अफ लाईभ साईन्सेसका क्याम्पस प्रमुख केशर खत्रीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका मेयर टीका राम खड्काको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव भएको बताउनुभयो ।
मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ उहाँले भन्नुभयो ।
सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ
बेस्टप्लेयर खेलाडी क्याम्पस अफ लाईभ साईन्सेसका अन्जन चौधरी, हाईवस्कोरर – क्याम्पस अफ लाईभ साईन्सेसकै बिज्ञान गौतम र वेस्ट गोल किप्पर तुलसिपुर मेट्रो कलेजका अशोक शर्मा घोषित भएको क्याम्पस अफ लाईभ साईन्सेसका संचालक तथा एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिनु भएको छ ।
कार्यक्रमको संचालन क्याम्पस अफ लाईभ साईन्सेसका छात्रा रितु बराईलि ले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्