आईसीसीको टी–ट्वान्टी वरीयतामा सन्दीपको स्थान खस्कियो – Kanika Khabar
Monday, May 6Nepali News Portal

आईसीसीको टी–ट्वान्टी वरीयतामा सन्दीपको स्थान खस्कियो

    मा प्रकाशित

जेठ २५, दाङ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।

 

बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा पुग्नुभएको छ ।बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहनुभएको छ ।ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीको पनि वरीयता खस्किएको छ ।

 

कुशल ३८ औं स्थानमा झर्नुभएको छ भने दिपेन्द्र ४० औं स्थानमा झर्नुभएको छ ।ब्याटिङतर्फ नेपालका आसिफ शेख ९९ औं स्थानमा रहनुभएको छ ।अलराउण्डरतर्फ दिपेन्द्रको वरीयता भने यथावत रहेको छ ।दिपेन्द्र १० औं स्थानमा रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्