बाराका थपिए तीन जना कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बाराका थपिए तीन जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ७, बारा ।
बारामा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक सय ६ पुगेको छ ।
आज संक्रमित हुने सबै सिम्रौनगढ नगरपालिकाका पुरुष हुन् । भारतबाट फर्केर क्वारेन्टाईनमा बस्दै आएका २४ देखि ४० वर्ष उमेर समुहका उनिहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो ।
आज संक्रमित तीनै जनालाई कलैयास्थित अस्थाई कोरोना अस्पतालमा भर्ना गर्ने तयारी भेरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
जहाँ जिल्लाकै अन्य २० जना संक्रमितको उपचार भैरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्