त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले हरायो – Kanika Khabar
Monday, May 6Nepali News Portal

त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले हरायो

    मा प्रकाशित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई पराजित गरेको छ । अमेरिकाको टेक्ससमा गएराति नेपालले लिग २ को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।

 

मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेख ६२ र कुशल भुर्तेलले ५६ रनमा बनाउनुभयो ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो । ओमानलाई सस्तैमा समेट्न करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनुभयो ।

 

श्रृङ्खला अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध आज राति खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्