फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै देशको टुङ्गो लाग्यो – Kanika Khabar
Monday, May 6Nepali News Portal

फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै देशको टुङ्गो लाग्यो

    मा प्रकाशित

एजेन्सी ।
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै देशको टुङ्गो लागेको छ । गयराति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुङ्गो लागेको हो ।

 

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

 

फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ ।फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो ।समूह ‘ए’ मा कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर, समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स, समूह ‘सी’मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेयिबा, समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया, समूह ‘ई’ स्पेन, जर्मनी, जापान, कोस्टारिका, समूह ‘एफ’ बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, समूह ‘जी’ ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन र समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्