आईसीसी विश्वकप क्रिकेट लिग दुई : नेपाल अमेरिकासँग पराजित – Kanika Khabar
Monday, May 6Nepali News Portal

आईसीसी विश्वकप क्रिकेट लिग दुई : नेपाल अमेरिकासँग पराजित

    मा प्रकाशित

असार २, दाङ ।   आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अन्तिम खेल नेपालले  अमेरिकासँग हारेकाे छ ।

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।  मौसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो। जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर दुई सय ६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले भने सोमपाल कामीले ४७ रन बनाए।  रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रन मात्र बनाए।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्