रजत र कास्य पदक विजेता खेलाडीलाई तुलसीपुरमा सम्मान – Kanika Khabar
Monday, May 6Nepali News Portal

रजत र कास्य पदक विजेता खेलाडीलाई तुलसीपुरमा सम्मान

    मा प्रकाशित

तुलसीपुर २ असार ।

प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा पदक जित्न सफल भएका खेलाडीहरुलाई तुलसीपुरमा सम्मान गरिएको छ । रजत पदक जित्न सफल द राईजिङ स्टार तेक्वान्दो डोजाङका खेलाडीहरु बन्दना बुढा मगर, सन्जना घर्ति मगर, रोहिनी नेपाली त्यसैगरी कास्य पदक जित्न सफल रितु राना, कल्पना बिक, र जातिका डाँगीलाई सम्मान गरिएको हो ।

नेपाल तेक्वान्दो संघको आयोजनामा ललितपुरको सातदोबाटोमा प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिता यहि जेठ २८ र २९ गते सम्पन्न भएको थियो । द राईजिङ स्टार तेक्वान्दो डोजाङ प्रमुख भिमलाल विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर डोजाङका प्रमुख सुमन कुमार घलेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका सचिव बम बिक , दाङ जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र बिक लगाएतले विजयी टिमलाई थप हौसला दिदै बधाई ज्ञापन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्