विद्यालय शिक्षामा ICT – Kanika Khabar
Friday, April 19Nepali News Portal

विद्यालय शिक्षामा ICT

    मा प्रकाशित


१.० अर्थः ICT भन्नाले Information and Communication Technology बुझिन्छ । Internetको माध्यमबाट एक आपसमा सूचना, भावना, ज्ञान सिपहरुको आदान प्रदान (Sharing) गर्ने बुझिन्छ। यसको विद्यालयमा प्रयोग गरी पठन पाठन अगाडि बढाउनुलाई नै सजिलो भाषामा Online Class पनि बुभ्mनु पर्दछ । विद्यालय स्तरमा हाम्रो पठन पाठनहरु हाल सम्म Face to Face कक्षा कोठको भित्रको क्रियाकलाप( आवाज , Photo, अक्षर, अंक तथा हाउ भाऊ र गृहकार्य) बाट भइरहेका थिए तर Covid-19 ले खास गरी विद्यालयहरुलाई पठन पाठन अब कसरी गर्ने भनी प्रश्न उठेकोले यस बारेमा बृहत छलफल Experience sharing हुनु अन्यथा होइन । Online Class मा पनि Device -Computer वा Smart Phone) को माध्यमबाट अवाज, हाउभाऊ, अक्षर , Photo, अंक र गृहकार्य कक्षा कार्य) विद्यार्थी र शिक्षक बिचमा मज्जाले आदान प्रदान गर्न सकिन्छ र फरक यति मात्र हो Student लाई Teacher ले स्पर्श ( Touch) मात्र गर्न नपाउने हो । बरु Online Classहरु वढी व्यवस्थित, संगठित र Resourceful हुने देखिन्छ ।

२.० विद्यार्थीको पहँुचः अहिले तड्कारो देखिएको प्रश्न के सबै विद्यार्थीहरुको यसमा पहुँच छ त ? यो महत्वपूर्ण प्रश्न हो । एउटा अध्यनले देखाएको छ Data / Wifi नभएको संख्या केवल १२ प्रतिशत मात्र हो । Poor Connectivity भएको ४० प्रतिशत हो । यसको अर्थ करिब करिव ६० प्रतिशत विद्यार्थीहका पहुँच Internet मा छ त्यो पनि अति राम्रो Connectivity भएको ।Online Class मा Record System पनि हुँदा करिब ८० प्रतिशत विद्यार्थीहरु सहरी इलाकामा Onlineको पहँुचमा छन् र आउन सक्छन् । आर्थिक रुपमा पहुँचको कुरा गर्दा प्रति दिन २ घण्टा कक्षा चलाउँदा महिनामा २५ MB Data चाहिन्छ । र यसलाई छुटमा किन्नु पर्दा करिब सात सय पर्न आउँछ । दुई जना विद्यार्थीले Sharing गरी एउटा Device मा चलाउदा लाग्ने खाजा खर्च र यतायात खर्च पनि हुन आउदैन । तर पनि विपन्न वर्ग दुर्गम क्षेत्रमा Internetको पहुँच असम्भव जस्तै हो Connectivity भइहाले पनि दुरदराजमा यसमा खर्च गरी पढाउछन् भन्ने त सोच्नु पनि हुँदैन ।

३.० प्रविधि मैत्रीः केही समय पहिले घरघरमा  Internet हात हातमा मोवाइल भन्नेनारालाई मान्छेले विश्वासै गरेका थिएनन् । हामी मध्ये धेरै जना फोन,Internet र Facebook चलाउन लागेको भर्खरै हो । कतिपय त अझै प्रविधिसँग मैत्री भएको छैनन् होला तर धेरैजसो Phone, Facebook र Internet विनाको जीवन कल्पना पनि गर्न सकिदैन । Online Class चलाउन अहिले सबभन्दा ठूलो बाधक भनेको –स्कूल चलाउने नेतृत्व, शिक्षक र विद्यार्थीहरु नै हुन । यो नयाँ Technology भएको हुनाले सबै Online Class Technology को मैत्री छैनन् अर्थात विरोध गर्दै १२ घण्टा Facebook मा झुन्डिएका शिक्षक तथा विद्यार्थीहरुले नै यो सम्भव छैन भनी विरोध गरिरहेको देख्छु र सुन्छु । विद्यालय प्रशासनले विस्तारै शिक्षक,अविभावक र विद्यार्थीलाई अभ्यस्त बनाउदै लानु पर्दछ । भोलि गएर प्रविधि मैत्री भएपछि आफै सजिलो महसुस गर्नेछ ।

४.०शैक्षिक Calendar : यसरी हेर्दा सिकाई क्रियाकलाप(Learning) Online Class मा राम्रो मानिन्छ, यसको पठनपाठन प्रक्रिया सस्तो छर नयाँ पुस्ताले यसलाई अङ्गाल्ने छ वा अङ्गाल्नै पर्ने भएकाले विद्यालयहरुमा यो लागु Covid-19 पछि पनि हुनेछन् । विकसित राष्ट्रमा भइरहेको पनि छ । अब हाम्रो अगाडि महामारी छ तर डराउने,आत्तिएर समस्या समाधान पनि हुने होइन भएको सुविधाहरुलाई उपभोग गर्दै जानेअरु थप्दै जानेहरु स्थानीय र केन्द्रीय सरकारले बजेटहरु Internet पहँुच बढाउन तिर लाउन पर्छ कि ! अहिले पनि धेरै प्रतिशत मानिसहरु फोन, विजुली र सफा पानीको पहुँचमा छैनन् त्यसकारण सम्भव भएसम्म विद्यालयमा  ICT प्रयोग गरौ …. सरकारले पहुँच नभएकालई आधार मानी शैक्षिक क्यालेन्डर निर्धारण गरेपछि पहुँच भएका नभएका दुबैले न्याय हुने देखिन्छ ।
(लेखक प्याब्सन दाङका सल्लाहकार तथा गोरखा ग्रुपका सिइओ हुन् )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्