घाेराही खानेपानीकाे काेषाध्यक्षमा केसी विजयी – Kanika Khabar
Monday, May 6Nepali News Portal

घाेराही खानेपानीकाे काेषाध्यक्षमा केसी विजयी

    मा प्रकाशित

असार २६, दाङ ।

घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे काेषाध्यक्षमा ध्रुव केसी विजयी भएका छन् ।

गठबन्धन प्यानलबाट उम्मेदवारी दिएका ध्रुव केसी २१९२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार सानुमाया अधिकारीले ८९८ मत लिएका छन् ।

केसी संस्थामा एक कार्यकाल काेषाध्यक्ष, एक कार्यकाल सदस्य पदमा तथा एक कार्यकाल सल्लाहकार समेत रही काम गरिसकेका छन् ।

विजय पश्चात् सम्बाेधन गर्दै केसीले सम्पूर्ण उपभोक्ताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । `उपभोक्ताकाे साथ, सहयाेग , विश्वास र स्नेहले गर्दा संस्थामा रही पुन: काम गर्ने अवसर पाएकाे छु । आफ्नाे अमूल्य मत दिई मलाई विजयी गराउने सम्पूर्ण उपभोक्ता, प्रत्यक्ष पराेक्ष रूपमा सहयाेग पुर्‍याउनुहुने सम्पूर्ण महानुभाव, राजनीति दल, नागरिक समाज, पत्रकार तथा संघ संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु ।´ केसीले बताए । केसी संस्थाका लागि काबिल मानिन्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्