चुनाव प्रचार प्रसार समितिद्वारा आभार प्रकट – Kanika Khabar
Monday, May 6Nepali News Portal

चुनाव प्रचार प्रसार समितिद्वारा आभार प्रकट

    मा प्रकाशित

असार २६, दाङ ।
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्थाकाे निर्वाचनमा गठबन्धन प्यानलकाे चुनाव प्रचार प्रसार समितिले धन्यवाद ज्ञापन गरेकाे छ ।

अन्तिम मत परिणाम सार्वजनिक भए पश्चात् समितिले धन्यवाद तथा आभार प्रकट गरेकाे हाे ।

समितिले एक बधाई तथा धन्यवाद ज्ञापन विज्ञप्ति जारी गरी सम्पूर्ण उपभोक्ता, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न संघ संस्था, सुरक्षाकर्मी , पत्रकार एवम् शुभचिन्तकहरूमा धन्यवाद प्रकट गरेकाे छ ।

समितिले गठबन्धनकाे प्यानललाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह सबैमा आभार प्रकट गरेकाे छ । जारी विज्ञप्तिमा अमूल्य मतदान गरी गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउने सम्पूर्ण मतदाताप्रति पनि धन्यवाद ज्ञापन गरिएकाे छ ।

साथै विज्ञप्तिमा विजयी उम्मेदवारहरूलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना पनि प्रकट गरिएकाे छ ।

चुनाव प्रचार प्रसार समितका संयाेजक तथा नेपाली काङ्ग्रेसका नेता प्रकाश श्रेष्ठ , समितिका सदस्य तथा नेपाली काङ्ग्रेसका नेता तिकल रावत, समितका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता शक्तिराम डाँगी, समितिका सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता गुरूप्रसाद महरा केसी, समितिका सदस्य तथा राष्ट्रिय जनमाेर्चा समन्वय समितिका नेता लिलाराम पुन (लालध्वज)काे संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्