मुक्तिनाथ विकास बैकद्वारा प्रतीक्षालय निर्माण – Kanika Khabar
Monday, May 6Nepali News Portal

मुक्तिनाथ विकास बैकद्वारा प्रतीक्षालय निर्माण

    मा प्रकाशित

असार २६, दाङ ।
हरिशयनी एकादशी व्रत (तुलसी राप्ने) दिनकाे अवसरमा मुक्तिनाथ विकास बैक लिमिटेड दाङ शाखाले धारापानीमा प्रतीक्षालय निर्माण गरेकाे छ । जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. ५
स्थीत पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजनहरुको लागि विश्राम प्रतीक्षालय निमार्ण गरेकाे हाे ।

घोराही शाखा प्रमुख श्री बिकास के.सीद्वारा श्री पाण्डवेश्वर महादेव मन्दिरका अध्यक्ष गणेश कुमार अधिकारीलाई बैकका कर्मचारी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको रोहवरमा हस्तान्तरण गरिएकाे हाे ।
हस्तान्तरण कार्यक्रममा बिकास के.सी. (शाखा प्रमुख), राज कुमार चौधरी (डेक्स प्रमुख),सुरक्षा आचार्य पोख्रेल (गा्रहक सेवा विभाग) र विवश घर्ती मगर (कर्जा सहायक)काे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा श्री पाण्डवेश्वरी महादेव मन्दिर व्यवस्थापन समितीबाट गणेश कुमार अधिकारी (अध्यक्ष), शंकर गौतम (उपाध्यक्ष), विष्णु राम आचार्य (सचिव), नरेश पौडेल (लेखा तथा प्रशासन प्रमुख), वोधिलाल शर्मा (कोषाअध्यक्ष), निम बहादुर चौधरी (सहसचिव) र धनपति शर्मा (सदस्य)लगायतकाे उपस्थिति रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्