सरकारको काम, कारबाहीबारे पार्टीभित्र समीक्षा गर्नुपर्नेमा काँग्रेस कोइराला पक्षको निर्णय – Kanika Khabar
Monday, May 6Nepali News Portal

सरकारको काम, कारबाहीबारे पार्टीभित्र समीक्षा गर्नुपर्नेमा काँग्रेस कोइराला पक्षको निर्णय

    मा प्रकाशित

असार २६, काठमाडौँ ।
सत्तारुढ नेपाली काँग्रेसको शेखर कोइराला पक्षले भोलिबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आज काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्