सर्वोच्चले दुई वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने – Kanika Khabar
Monday, May 6Nepali News Portal

सर्वोच्चले दुई वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने

    मा प्रकाशित

असार २६, काठमाडौँ ।
सर्वोच्च अदालतले विचाराधीन मुद्दाको सङ्ख्या घटाउन विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना अघि सारेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठ संयोजकत्वको अध्ययन समितिले दिएको प्रतिवेदनमा आगामी दुई आर्थिक वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्न छुट्टै फाँट र दैनिक चारवटा इजलासमा सुनुवाइ गर्नुपर्ने उल्लेख छ ।

शुक्रबारका लागि दुईवटा पेशी सूची निकालेर पहिलो नियमित समयमा नियमित तर्फका र बाँकी अवधिमा पुराना मुद्दाको सुनुवाइ गर्न उपयुक्त हुने पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्य योजना, २०७९ मा उल्लेख छ।कार्ययोजनामा बिहान ११ः०० बजे इजलास बस्ने र पूरा समय काम गर्ने र न्यायाधीशहरूको उपस्थितिलाई पनि नियमित बनाउने उल्लेख छ।

हाल इजलास ढिलो लाग्ने र खाजा समयपछि सुनुवाइ नहुने समस्या छ । कार्ययोजनालाई फुलकोर्टले पारित गरिसकेकोले साउन १ गतेदेखि नै कार्यान्वयन हुने प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्चमा हाल ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन्। असार मसान्तसम्म पाँच वर्ष पुराना मुद्दा पाँच हजारएक सय ६८ पुगेको छ भने दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय ४६ रहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्