२४ घण्टामा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, May 6Nepali News Portal

२४ घण्टामा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असार २६, दाङ ।
पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा सङ्क्रमण देखिएको हो ।

 

जसमध्ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन् । जसमध्ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा रहेका छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्