श्रीलङ्काको राष्ट्रपति निवासमा प्रदर्शनकारीले भेटाए करोडौँ रुपैयाँ – Kanika Khabar
Monday, May 6Nepali News Portal

श्रीलङ्काको राष्ट्रपति निवासमा प्रदर्शनकारीले भेटाए करोडौँ रुपैयाँ

    मा प्रकाशित

एजेन्सी, २७ असार ।

श्रीलङ्काको राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । अस्ति राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करोडौँ रूपैयाँ नगद बरामद गरेको भनिएको छ ।

सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । श्रीलङ्काका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

अनुसन्धान अधिकारीले भने तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन् । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन् दयनीय बन्दै गइरहेको समयमा प्रदर्शनकारीले अस्ति शनिवार राष्ट्रपति कार्यालय कब्जामा लिएको घोषणा गरेका थिए ।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भाग्नुभएको छ । राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ तारिखमा राजीनामा दिने बताए पनि राजीनामा नआएसम्म राष्ट्रपति भवन नछाड्ने प्रदर्शनकारीको अडान छ ।

प्रदर्शनकारीले प्रधानमन्त्री रनिलविक्रमा सिङ्घेको सरकारी निवासमा समेत आगजनी गरेका थिए । प्रधानमन्त्रीले पनि राजीनामा दिने बताइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्