प्याब्सन एनप्याब्सनको विज्ञप्तिको दियो शिक्षा मन्त्रालयको जवाफ (विज्ञप्तिसहित) – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्याब्सन एनप्याब्सनको विज्ञप्तिको दियो शिक्षा मन्त्रालयको जवाफ (विज्ञप्तिसहित)

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।

शिक्षा मन्त्रालयले निजी विद्यालयका सगठन प्याब्सन र एनप्याब्सनले आइतबार जारी गरेको अपिलबारे ध्यानाकर्षण भएको भन्दै शिक्षण क्रियाकलाप बेगरका काम नगर्न सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज एक विज्ञप्ति जारी गरी प्याब्सन र एनप्याब्सनका समस्याबारे छलफल गर्न तयार रहेको भन्दै सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या भए शिक्षण संस्थाहरुले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी प्राप्त निर्देशन अनुसार गर्न भनिएको छ ।

विभिन्न ५ बुँदे धारणा सार्वजनिक गर्दै मन्त्रालयले सिकाइ सहजीकरणमा समस्या भए स्थानीय तहबाट गर्न निर्देश गरेको छ । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेपछि मन्त्रालयले आज विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्