सगरमाथा भ्रमण गर्ने पर्यटक ८३ प्रतिशतले बढे – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सगरमाथा भ्रमण गर्ने पर्यटक ८३ प्रतिशतले बढे

    मा प्रकाशित

साउन १, काठमाडौँ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या एकै आर्थिक वर्षमा ८३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२ प्रतिशतले पर्यटक आवागमन बढेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।०७७/०७८ मा ४ हजार तीन सय ३५ जना पर्यटकलेसगरमाथा क्षेत्र भ्रमण गरेकोमा ०७८/७९ मा सो सङ्ख्या बढेर २६ हजार ४ सय ७४ पुगेको छ । तिमध्ये २१ हजार एक सय ९८ जना विदेशी र पाँच हजार दुई सय ७६ जना नेपाली पर्यटक रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्म पर्यटकको आगमन बढी हुने गरेको छ ।

यसैबिच पर्यटक आगमन बढेसँगै राष्ट्रिय निकुञ्जको राजस्व पनि ७४.४३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २१ लाख राजस्व सङ्कलन गरेको निकुञ्जले ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार ९ सय ९९ दशमलव १४ रुपैयाँ राजश्व सङ्कलन गरेको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्