‘नयाँ सोच, नयाँ विकास र नयाँ निकास’ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

‘नयाँ सोच, नयाँ विकास र नयाँ निकास’

    मा प्रकाशित

दाङ, १ साउन ।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र दाङले जिल्ला समन्वय समितिमा नवनिर्वाचित पदाधिकारी तथा घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा आगामी कार्यकालका लागि निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाइ एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

बधाइ तथा सम्मान कार्यक्रममा सो केन्द्रले नवनिर्वाचित पदाधिकारीहरुलाई नयाँ सोच, नयाँ विचार, नयाँ निकास तथा नयाँ विकासका लागि क्रियाशील हुन आग्रह गरेको हो । भौतिक विकासलाई दिगोपना दिन आर्थिक, सामाजिक एवं अध्यात्मिक विकास पनि सँगसँगै जोड्न पनि नेतृत्वहरुलाई आग्रह गरिएको छ । सकारात्मक सोचको विकास गर्नका लागि अध्यात्मिक चिन्तन नितान्त आवश्यक भएको उल्लेख गर्दै ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रले विकृतिरहित समाज निर्माणले मात्र राष्ट्रलाई सही दिशामा लैजाने पनि उद्घोष गरेको छ ।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका प्रमुख गीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले राष्ट्रको समग्र समृद्धि भौतिक विकासले मात्र पूरा नहुने भन्दै अध्यात्मिक चिन्तन पनि सँगसँगै जोडिनुपर्ने बताए । उनले अध्यात्मिक चिन्तनले समाजमा सकारात्मक उत्प्रेरणा दिने भन्दै स्वस्थ मस्तिष्कले मात्र मुलुकको चौतर्फी विकास सम्भव हुने बताए ।

मुलुक समृद्ध हुनका लागि सामाजिक, आर्थिक, भौतिक एवं अध्यात्मिक विकास सँगसँगै लैजाने यस संस्थाको अभियानमा जिल्ला समन्वय समिति पनि सहकार्य गर्न र सँगसँगै हिँड्न तयार रहेको बताए । ‘मलाई जानकारी छ, तपाईहरुले मधुवन अध्यात्मिक पुनर्जागरण केन्द्र निर्माण गर्दै हुनुहुन्छ, जसले यहाँको धार्मिक पर्यटनमा पनि टेवा पु¥याउन सहयोग गर्नेछ’, प्रमुख अतिथि शर्माले भने ।

स्वागत एवं बधाइ कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसीले तन, मन र मस्तिष्क स्वस्थ भएमा मात्र सकारात्मक सोच पैदा हुने भएकाले अध्यात्मिक चिन्तन हरेक नागरिकका लागि अपरिहार्य भएको बताए । साथै उनले ब्रम्हकुमारी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले जिल्लामा अध्यात्मिक चिन्तनको विकासमा खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे ।

साथै उनले आफू विगत २० बर्षदेखि खानेपानीको नेतृत्वमा जोडिएको भन्दै नागरिकलाई स्वस्थ बनाउनका लागि स्वस्थ पिउने पानी उपलव्ध गराउन तत्पर रहेको पनि बताए । सो अवसरमा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, सदस्यहरु हरिदेवी पोख्रेल, जुनकुमारी बुढामगर, सरस्वती नेपाली, कल्पना श्रीपाली, समन्वय अधिकारी मोहन सुवेदी, समन्वय प्रमुखका स्वकीय सचिव खेमराज रिजाल, घोराही खानेपानीका उपाध्यक्ष हेमन्ती पुनमगर, सचिव धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्ष ध्रुव केसी, सदस्य यशोदा पाण्डे, खुमा खड्का, विन्दु पाण्डे, दिनेश वली, युवराज आचार्यलगायतलाई माला र खादाले सम्मान गरिएको थियो ।

ब्रम्हकुमारी पुष्पा बैनीको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत तथा बधाइ कार्यक्रममा राजयोगिनी गीता दिदीले समाज भौतिक विकासमा बढी केन्द्रित भएकाले मनको विकास गर्न पनि उत्तिकै आवश्यकता रहेको बताइन् । स्वस्थ मनमा उब्जने चेतनाले मात्रै सम्पूर्ण विकास सम्भव हुने भन्दै राजयोगिनी गीताले हरेक नागरिकका मनमा भएका विकृतिहरु हटाउन संस्थाले अहोरात्र भूमिका निर्वाह गर्दै आएको भन्दै यो अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । सो अवसरमा मधुवन अध्यात्मिक केन्द्र निर्माणमा ५० हजार रुपैयाँ सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण ब्रम्हकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्