विदेशबाट फर्किएका नेपालीबाट एक आर्थिक वर्षमा झण्डै ४ अर्बको सुन भित्रियो – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

विदेशबाट फर्किएका नेपालीबाट एक आर्थिक वर्षमा झण्डै ४ अर्बको सुन भित्रियो

    मा प्रकाशित

साउन २, काठमाडौँ ।
आर्थिक वर्ष २०७८/७९ मा विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूले करिब ३ अर्ब ८० करोड मूल्य बराबरकोसुन तथा सुन गहना भित्र्याएका छन् ।

त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले वैधानिक रुपमा करिव ४ सय ८० किलो सुन तथा सुनका गहना नेपाल भित्र्याएकोविमास्थल भन्सार कार्यालयले जनाएको छ । सो सुन विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूबाट राजस्व तिराउने प्रयोजनका लागि भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

नियमानुसार राजस्व दाखिला गरेपछि सम्बन्धित यात्रुलाई नै फिर्ता दिइएको छ । यसबाट कार्यालयले ४५ करोड ५८ लाख अतिरिक्त राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख महेश भट्टराईले बताउनुभयो ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम एकसय ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् । एकसय ग्राम भन्दाबढी काँचो सुन र २ सय ५० ग्राम भन्दाबढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुनबमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ ।

नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सुन यात्रुले आफ्नो साथमा ल्याउन पाउने व्यवस्था भए तापनि व्यवसायिक प्रयोजनका लागि भने वाणिज्य बैङ्कहरूले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था रहिआएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्