राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन

    मा प्रकाशित

साउन १, काठमाडौँ ।
राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिले विवरण प्रविष्ट गराएका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ ।

 

राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६÷६७ देखि सुरु भए पनि गएको मङ्सिर १ गतेबाट राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरे पछि बनाउनेको सङ्ख्या बढेको थियो । आगामी आर्थिक वर्ष ७० लाख कार्ड छपाई गरि तीन वर्ष भित्र सबै व्यक्तिको हातमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले सीआईएनसँग बताउनुभयो ।

 

सबै भन्दा पहिले नेपालको पाँचथर जिल्ला र काठमाडाँै स्थित सिंहदरवारका कर्मचारीको विवरण सङ्कलन गरी राष्ट्रिय परिचय पत्रको काम सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्न विभागले हालसम्म ३६ जिल्लामा घुम्ती शिविर सञ्चालन गरिसकेको छ भने १० जिल्लामा हाल जारी छ ।

 

त्यसैगरि थप ३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्