प्रचण्ड – बाबुराम सहमति : गोलाकारभित्रको हँसिया हथौडा चिह्नमै चुनाव लड्दै बाबुराम – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

प्रचण्ड – बाबुराम सहमति : गोलाकारभित्रको हँसिया हथौडा चिह्नमै चुनाव लड्दै बाबुराम

    मा प्रकाशित

साउन २९, काठमाडौँ ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।

केही दिनदेखि जारी छलफल निष्कर्षमा पुगेको हो । तर लिखित रूपमा सहमति हुन भने बाँकी नै रहेको छ । आज मौखिक सहमति भएको र भोलीसम्ममा लिखित चपमा नै सहमति हुने नेताहरूले बताएका छन् ।

आज माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डको निवासमा भट्टराई र समाजवादीका अर्का अध्यक्ष महेन्द्रराय यादव सहितका नेताहरूले छलफल गर्नुभएको थियो । चुनाव चिह्न भने माओवादीले प्रयोग गर्दै आएको गोलाकार भित्रको हँसिया हथौडा हुने सहमति पनि भएको छ ।

सहमतिबारे दुवै दलले आ – आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिने सहमति भएको छ ।

निर्वाचन आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने भनिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्