जनताकाे साथमा काङ्ग्रेस अभियान : नेपाली काङ्ग्रेस प्रदेश २(ख) काे भेला – Kanika Khabar
Saturday, May 18Nepali News Portal

जनताकाे साथमा काङ्ग्रेस अभियान : नेपाली काङ्ग्रेस प्रदेश २(ख) काे भेला

    मा प्रकाशित

भदाै १५, दाङ ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. २(ख) काे जनताकाे साथमा काङ्ग्रेस अभियान अन्तर्गतकाे भेला सम्पन्न भएकाे छ ।

आज बुधबार जिल्लाकाे नारायणपुरमा एक कार्यक्रमकाे आयाेजना गरी प्रदेश २(ख) ले भेला सम्पन्न गरेकाे हाे ।

प्रदेश सभापति अभियान बस्नेतकाे अध्यक्षता तथा संविधान सभा सदस्य एवम् काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विशिष्ट अतिथि काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, विशिष्ट अतिथि काङ्ग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगी, काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड न्याैपाने (गुन्टु), महासमिति सदस्यहरू भूपबहादुर डाँगी, कमल किशाेर घिमिरे, पृथ्वी चाैधरी, काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्यहरू टेकबहादुर बस्नेत , जानुका केसी, जिल्ला सचिव बालिका लम्साल, महाधिवेशन प्रतिनिधि किरणकिशाेर घिमिरे, भरतबहादुर न्याैपाने लगायतले विचार राखेका थिए ।

कार्यक्रममा राजु खनाल, किरण किशोर घिमिरे, भरतबहादुर न्याैपानेले संघीय संसदकाे प्रत्यक्ष तर्फकाे उम्मेदवारमा सिफारिसका लागि अनुराेध गरेका थिए ।
पूर्व महासमिति सदस्य हरि रजाैरिया, क्षेत्रीय प्रतिनिधि सपना बाेहराले संघीय सदस्य समानुपातिक तर्फ  सिफारिस लागि अनुराेध गरेका थिए ।

भेलामा आगामी मंसिर ४ गतेकाे निर्वाचनका लागि प्रदेश सदस्य प्रत्यक्ष तर्फ अभियान बस्नेत, प्रचण्ड न्याैपाने (गुन्टु), दिपक न्याैपाने, कुमाेद शर्मा, चित्रबहादुर डाँगी, हिमबहादुर डाँगी, श्याम रेग्मीले प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस अनुराेध गरेका थिए ।

त्यस्तै प्रदेश सदस्य समानुपातिक तर्फ तुलसी राना, गाेविन्दप्रसाद न्याैपाने, जानुका केसी, टीका डाँगी, बालिका लम्साल, गाेमा रावत, चन्द्रप्रसाद चाैधरी, मुक्ता बादी, विष्णुमणि धिताल, पुष्पा बादी, चन्द्रप्रसाद चाैधरी, पृथ्वी चाैधरी लगायतले समानुपातिक उम्मेदवारका लागि सिफारिस अनुराेध गरेका थिए ।

प्रदेश २(ख) का उपसभापति ज्ञानबहादुर खत्रीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव तिलक बहादुर केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्