मनास्लु आधार शिविरमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेको उद्धार सुरु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

मनास्लु आधार शिविरमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेको उद्धार सुरु

    मा प्रकाशित

असोज १०, गोरखा ।
गोरखाको मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परि सम्पर्क विहिन हुनेहरूको उद्धार सुरु भएको छ ।

हिमपहिरोमा परी केही मानिसहरू बेपत्ता भएका छन्, तर कति वेपत्ता छन्, एकीन थाहा हुन नसकेको प्रहरीले जनाएको छ । ती मध्य २ जनाको भने उद्धार गरेर काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट ३ वटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्