काँग्रेस विवाद : झनझन चुलिदै – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

काँग्रेस विवाद : झनझन चुलिदै

    मा प्रकाशित

असोज १३, दाङ ।
आगामी निर्वाचनका लागि वितरण गरिने चुनावी टिकटको विषयलाइ लिएर नेपाली काँग्रेसभित्र सुरु भएको विवाद थप बढेको छ ।

निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै काँग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । आफूहरू पार्टीको विरुद्धमा नरहेको तर पार्टीभित्र न्याय भने मागेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।

शेखर कोइराला पक्षका नेता प्रकाश स्नेही रसाइलीले आफूहरूको मागलाई संस्थापन पक्षले नजरअन्दाज गर्न नहुने बताउनुभयो ।

सोमवार बसेको गुटको बैठकले पार्टी भित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए सङ्घर्ष गर्ने निर्णय गरेको थियो । उनीहरूले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा काँग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेका छन् । प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने चिन्ताकोइराला समूहलाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्