कक्षा १२ को पूरक परीक्षा असोज ३० र ३१ गते – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कक्षा १२ को पूरक परीक्षा असोज ३० र ३१ गते

    मा प्रकाशित

असोज १७, दाङ ।
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थी नै उक्त पूरक परीक्षामा समावेश हुनेछन् ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका थिए । तीमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रड बृद्धीका लागि परिक्षा दिन पाउनेछन् ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्