मंसिर ४ : सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन मुख्य प्रतिस्पर्धामा – Kanika Khabar
Sunday, May 5Nepali News Portal

मंसिर ४ : सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन मुख्य प्रतिस्पर्धामा

    मा प्रकाशित

असोज २३, काठमाडौँ ।
आगामी निर्वाचनमा प्रमुख दलहरू दुईवटा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् । सरकारमा रहेका पाँचदलीय सत्ता गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि गठबन्धन बनाएको छ ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन हिजो सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको सहमति गरेको छ भने सिट बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीलाई एमालेले भित्र्याएको छ ।

प्रतिनिधिसभाका १७ र प्रदेश सभाका ४२ सिट पाउने गरी जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीसँग सहमति गर्नुभएको हो ।

लोसपाले भने सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा सात र प्रदेशमा १६ सिट पाउने गरी सहमति गरेको छ । सत्ता गठबन्धनले हिजो मध्यराति मात्रै प्रतिनिधि सभाको सिट बाँडफाँड टुङ्ग्याएको छ । काँग्रेसले ८८, माओवादीले ४८, एकीकृत समाजवादीले २०, लोसपाले सात र जनमोर्चाले दुई सिट लिने सहमति भएको छ । तर, दलहरूबीच केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने गरी सहमति भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्