क्रिकेटर लामिछानेको मुद्दा `हेर्न नमिल्ने´ सूचीमा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

क्रिकेटर लामिछानेको मुद्दा `हेर्न नमिल्ने´ सूचीमा

    मा प्रकाशित

काठमाडौं, २३ वैशाख ।

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेकाे छ।

आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा राखिएकाे हाे।

यसअघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको थियाे। सन्दीपकाे मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाडौँ जिल्ला अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्