तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु – Kanika Khabar
Saturday, May 18Nepali News Portal

तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु

    मा प्रकाशित

दाङ, २३ वैशाख ।
दाङकाे तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।

माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकीकरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए । परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो परीक्षण आवश्यक भएको बताए । माटोको अवस्था पहिचान गरी सोही बमोजिमका किटनाश औषधि प्रयोग गर्न मेयर खड्काले कृषककालाई आग्रह गरे । क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उनले बताए ।
वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज २ सय जना कृषकले माटो परीक्षणका लागि माटोको स्याम्बल वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको स्याम्बल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्