समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी

    मा प्रकाशित

असोज २३, काठमाडौँ ।

प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

दलहरूले असोज २ र ३ गते निर्वाचन आयोगमा बन्दसूची बुझाएका थिए । त्यसमा असोज १५ र १६ गते संशोधनका लागि समय दिइएको थियो । प्रदेश१ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।

लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी पर्दा कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूरपश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्