दाङ क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरूले गरे उम्मेदवारी दर्ता – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङ क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरूले गरे उम्मेदवारी दर्ता

    मा प्रकाशित

असोज २३, दाङ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनकाे चुनावी तालमेलमा नेकपा माओवादी केन्द्रलाई संघीय र नेपाली काङ्ग्रेसलाई प्रदेश सभा भागबन्डामा परेका छन् ।

गठबन्धनका तर्फबाट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेतृ तथा पूर्व मन्त्री रेखा शर्मालाई उम्मेदवारी उम्मेदवारी दर्ता गराएकी छिन् ।

त्यस्तै क्षेत्र नं.२ (१) मा नेपाली काङ्ग्रेसका नेता तथा संविधान सभा सदस्य राजु खनाल र २ (२) मा नेपाली काङ्ग्रेसका नेता प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउन गठबन्धन दलहरूका नेता तथा कार्यकर्ता र्यालीसहित दर्ता स्थलमा पुगेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्