मा प्रकाशित
असाेज २३, दाङ ।
नेकपा एमाले दाङ क्षेत्र नम्बर १मा उम्मेदवारी दर्ता गराएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका सचेतक समेत रहनु भएका शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
त्यस्तै प्रदेशसभातर्फ १(१) मा गंगाराम भट्टराई र १(२) मा कुल बहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
भट्टराई भर्खरै राष्ट्रिय जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् भने केसी लमही नगरपालिकाका संस्थापक नगर प्रमुख हुन् ।