राेचक बन्दै दाङ क्षेत्र नं. १ काे निर्वाचन : पूर्व तीन सहकर्मी चुनावी प्रतिस्पर्धामा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

राेचक बन्दै दाङ क्षेत्र नं. १ काे निर्वाचन : पूर्व तीन सहकर्मी चुनावी प्रतिस्पर्धामा

    मा प्रकाशित

असाेज २६,दाङ ।

अन्तत: दाङकाे क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा पूर्व तीन सहकर्मी चुनावी मैदानमा प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् ।

एमालेबाट टिकट नपाएपछि हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दिएकी गङ्ङा चाैधरीले उम्मेदवारी फिर्ता नलिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएकाे हाे ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्राे नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू तीनै जना यसअघि नेकपा एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको हो । अहिले चुनावी मैदानमा यी तिनै जना एक अर्काका प्रतिस्पर्धी भएका हुन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्