दाङ क्षेत्र नं. ३ : गठवन्धनकाे चुनावी सभा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङ क्षेत्र नं. ३ : गठवन्धनकाे चुनावी सभा

    मा प्रकाशित

देविराम कुसारी
दाङ(श्रीगाँउ ), असाेज २६ ।

सत्तारूढ गठवन्धकाे चुनावी सभा तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज (बुधवार ) श्रीगाँउकाे रगैंचामा सम्पन्न भएकाे छ ।
प्रदेश स्तरीय क्षेत्रीय चुनवी कमिटिकाे आयाेजनामा भएकाे कार्यक्रममा बाेल्दै गठवन्धनका संघिय प्रतिनिधि सभा सदस्यका उमेदवार तथा कार्यक्रमका प्रमुख अतिथि दिपक गिरीले लाेकतन्त्रकाे रक्षा र संविधानमा भैरहेकाे ठाडाे हस्तक्षपकाे अन्त्य गर्नका लागि गठवन्धन आवश्यक भएकाे वताउनु भयाे ।

सिचाई मन्त्री समेत भैसकेका गिरीले बृहत् दाङ सिचाइ परियाेजना लगाएत दाङकाे विकास लागि आफू र काँग्रेसले खेलकाे भुमिका स्मरण गराउदै समग्र पश्चिम दाङकाे विकासका लागि गठवन्धनकाे जित आवश्यक रहेकाे वताउनु भयाे । लाेकतन्त्र, संविधान र देशलाई वचाई देशकाे समग्र विकास गरी युवा राेजगारी शृजना गर्न गठनवन्धकाे जित आवश्यक रहेकाे बताउनुभयाे ।

प्रदेश ३(१) का काङ्ग्रेस उपसभापति दाेर्ण देवकाेटाकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा बाेल्दै गठवन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर मास्कीले देशमा भएकाे आमूल परिवर्तनलाई संस्थागत गरी देशकाे विकास गर्न गठवन्धनकाे जित आवश्यक रहेकाे वताउनु भयाे । उहाँले देशलाई संकटबाट पार गराउनकाे लागि पनि गठवन्धकाे आवश्यक रहेकाे वताउनु भयाे ।
माओवादीका माेहनलाल वलीकाे अध्यक्षता भएकाे कार्यक्रममा बाेल्ने अन्य सहभागीहरुले पार्टीभन्दा माथि उठेर देश बचाउनकाे लागि गठवन्धनलाई जिताउन आवश्यक रहेकाे बताएका थिए ।

कार्यकर्ममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, काँग्रस जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्का, माओवादिका भिमबहादुर वली, नेका महाधिवेशन प्रतिनिध टिकाराम घर्ती,माओवादी केन्द्रका लुम्विनि प्रदेश सदस्य धिरज सेर्पाइली, जिल्ला समन्वय समितिका उप-संयाेजक चेतना चाैधरी लगाएतले बाेल्नु भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण काग्रेस दाङ क्षेत्र नम्वर तीन एकका सचिव लेवाराम आचार्यले गर्नुभएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्