५६ सय ३६ उम्मेदवार चुनावी मैदानमा, आजदेखि प्रचारप्रसारमा जुट्ने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

५६ सय ३६ उम्मेदवार चुनावी मैदानमा, आजदेखि प्रचारप्रसारमा जुट्ने

    मा प्रकाशित

असोज २७, काठमाडौँ ।
३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधिसभामा २ हजार ५ सय ३१ जना र प्रदेशसभामा ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधिसभामा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला उम्मेदवार छन् भने प्रदेशमा २ हजार ९ सय ४३ पुरुष २ सय ८० जना महिला तथा तेस्रो लिङ्गी १ जना छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले आजदेखि उम्मेदवारले मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् । तर स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफू वहाल रहेको स्थानीय तहमा केही जनप्रतिनिधि उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्