गठबन्धन विरुद्ध उम्मेदवार बनेकालाई ५ वर्षका लागि निष्काशन गर्ने काँग्रेसको निर्णय – Kanika Khabar
Saturday, May 18Nepali News Portal

गठबन्धन विरुद्ध उम्मेदवार बनेकालाई ५ वर्षका लागि निष्काशन गर्ने काँग्रेसको निर्णय

    मा प्रकाशित

असोज २७, काठमाडौँ ।
नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएकालाई कारवाही गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका तथा उनीहरूका प्रस्तावक र समर्थक बनेकालाई काँग्रेसले पार्टीबाट निष्काशन गरेको हो ।

सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार विरुद्ध उत्रिएका उनीहरूलाई ५ वर्षका लागि निष्काशन गरिएको काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिनुभयो ।

यसअघि सत्ता गठबन्धनका शिर्ष नेताहरूले गठबन्धनका आधिकारिक उम्मेदवारका विरुद्धमा दर्ता गरेका सबै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्