असाेज २८, दाङ ।
सत्तारूढ गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (२)सचिवालय स्थापना गरिएको छ ।
घाेराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थिति बुधौरा चाेकमा सचिवालयकाे उद्घाटन गरिएको हाे ।
सचिवालयकाे उद्घाटन दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रेखा शर्मा र २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले उद्घाटन गर्नु भएको थियाे ।
सचिवालय उद्घाटन गर्दै रेखा शर्माले परिवर्तन विराेधीलाई परास्त गर्न मतदातालाई आग्रह गर्नुभएकाे छ ।
प्रदेश २(२) का उम्मेदवार न्याैपानेले समृद्ध दाङका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील गर्नुभएकाे छ ।