हेमन्तापुर सत्तारुढ गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (२) को सम्पर्क कार्यालय स्थापना – Kanika Khabar
Thursday, June 19Nepali News Portal

हेमन्तापुर सत्तारुढ गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (२) को सम्पर्क कार्यालय स्थापना

    मा प्रकाशित

No description available.असोज २८, दाङ ।

सत्तारुढ गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (२) को सम्पर्क कार्यालय हेमन्तापुर स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तापुर चोकमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रेखा शर्मा र २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

सचिवालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेखा शर्माले परिवर्तन विरोधीलाई परास्त गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो । लोकतन्त्र मास्नेका बिरुद्ध दलहरु बिच गठबन्धन भएको धारणा राख्दै संविधान र संविधानले दिएका उपलब्धि मन नपराउने मान्छेले देशलाई पछाडि पार्ने काम शंकर पोखरेल र उनको पार्टीले काम गरेको धारणा राख्नुभयो ।

त्यस अवसरमा दाङ २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले घोराही तुलसीपुर सडक खण्ड शंकर पोखरेलकै अलपत्र परेको बताउनुभयो । न्यौपानेले एमाले महासचिव समेत रहनु भएका पोखरेलले आफन्त ईष्टमित्रलाई ठेक्का दिने नाममा सडक अलपत्र पारेकोले उनका बिरुद्ध सबै मतदाता एक ठाउमा उभिन जरुरी भएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले संविधान र लोकतन्त्रका लागि गठबन्धन अनिवार्य आवश्यकता भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्