प्रधानमन्त्री र मन्त्रीका कारण मतदाता प्रभावित हुने चिन्ता – Kanika Khabar
Saturday, May 18Nepali News Portal

प्रधानमन्त्री र मन्त्रीका कारण मतदाता प्रभावित हुने चिन्ता

    मा प्रकाशित

असोज २८, काठमाडौँ ।

६ दिनअघि निर्वाचन आयोगले आचारसंहिता संसोधन गर्दै प्रधानमन्त्री, मन्त्री र स्थानीय जनप्रतिनिधिलाई चुनाव प्रचारमा जान बाटो खुला गरिदिएको थियो । आयोगको उक्त निर्णयसँग प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा पनि चुनाव प्रचार गर्न जान पाउने छन् ।

यसअघि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नोबाहेकको निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न नपाउने व्यवस्था गरेको थियो ।

वरिष्ठ संविधानविद डा बिपिन अधिकारीले आचारसंहिता कार्यान्वयनमा कडाइ गरिनुपर्ने बताउनुभयो । चुनाव घोषणा गरेको सरकारले प्रतिनिधि सभा जोगाइराख्दा निर्वाचनको बेलामा मतदाता प्रभावित पार्न सक्ने भएकाले सचेत रहन उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगको संसोधित आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा जाँदा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न पाउने छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्