प्रचार होइन हामी काम गर्दछौँ : खनाल – Kanika Khabar
Saturday, May 18Nepali News Portal

प्रचार होइन हामी काम गर्दछौँ : खनाल

    मा प्रकाशित

दाङ, ३१ असोज ।
दाङ क्षेत्र नं. २ क प्रदेशसभा उम्मेदवार राजु खनालले प्रचार मात्र नगरी काम गरेर देखाउने बताएका छन् ।                                घोराही उप महानगरपालिका वडा नं १३ मा वडा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन । गठवन्धनका उम्मेदवारहरुले जनतालाई झुटको खेती नगरि काम गरेर देखाउने बताए । हामी आश्वासन मात्र दिदैनउ जे गर्न सक्छौ त्यही मात्र बोल्छौ’ उनले भने । आफ्नो क्षेत्रको विकासका लागि योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले दाङको विकासका लागि कांग्रेसको आवश्यकता रहेको भन्दै आउने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन समेत आग्रह गरेका थिए । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्