संविधान संरक्षणका लागि गठबन्धन : शर्मा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

संविधान संरक्षणका लागि गठबन्धन : शर्मा

    मा प्रकाशित

असाेज ३१, दाङ ।

प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले दलहरु बिच गठबन्धन नभएको भए संविधान र संसद दुबै गुम्ने बताउनु भएको छ । संयुक्त निर्वाचन परिचालन कमिटीले घाेराही १३ ले बडहरा आयोजना गरेकाे चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभयो ।
संबिधान र त्यसबाट प्राप्त उपलब्धको रक्षा गर्न गठबन्धनका उम्मेदवार जनताका माझ आएको भन्दै सबै उम्मेदवारलाई मत जाहेर गरि परिवर्तनको पक्षमा उभिन आम मतदातालाई आग्रह गर्नुभयाे ।

अबकाे आबश्यकता राेजगारी,शिक्षा, स्वास्थ्य भएको भन्दै पुर्वमन्त्री शर्माले सत्तासाझेदार दलहरु बिच हुने सहकार्यले दाङको समग्रमा बिकासका लागि भुमिका खेल्ने धारणा राख्नुभयाे । यस्तै दाङ क्षेत्र नं. २ (क) का उम्मेदवार राजु खनालले गरिव, महिला ,दलितकाे अधिकार संबिधानबाट हटाउनेका बिरुद्ध गठबन्धन भएको बताउनु भयाे । याे भेगमा खानेपानी, सिचाइ ,सडककाे समस्या संघ र प्रदेश सरकारसंगको सहकार्य हल गर्ने बताउनुभयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्