राजविद्यामा `रेसीपी कन्टेस्टी´ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

राजविद्यामा `रेसीपी कन्टेस्टी´

    मा प्रकाशित

असाेज ३१, दाङ ।

मात्र पच्चिस मिनेटमा कुनै पनि स्टारटर वा मेनकोर्स अन्तरगतको डिस तयार गर्नलाई सबै तैयार हुनुहुन्छ ? होस्टबाट निर्देशनात्मक आदेश भयो ।
सबै प्रतिस्पर्धीहरूबाट एकै साथ “वि आर रेडी” भन्ने आवाज आयो । चार वटा फरक फरक कुकिङ सेटमा ५/५ जना सहभागीहरू चुल्हो, डाडु पनियू तथा भान्सामा प्रयोग हुने सामग्रीहरू सहित उपस्थित विद्यार्थीहरू हौसलाका साथ उभिएका देखिन्थे, यो दृष्य घोराही १८ स्थित राजविद्या पाठशालाको हलमा चलिरहेको थियो ।

विद्यालयले आइतवारको क्रियाकलामा “रेसीपी कन्टेस्टी” नाम दिएको जीवन उपयोगी शिक्षाको एक अंश थियो । उक्त अन्तर सदनात्मक प्रतिष्पर्धा दैनिक जिवनको पाककला र स्वाद उत्कृष्टतासँग सम्वन्धित थियो ।

कक्षा २ देखि कक्षा ७ सम्मका भाबहिनीहरूले पाँच जनाको समूहमा २५ मिनेटको समय परिधिभित्र कुनै एक परिकार तयार गर्नु पर्ने थियो । आफ्नो सदनका सदस्यहरूले आफूले तयार गर्ने परिकारकालागि आवश्यक सबै सामग्रीहरू आफ्नो सेटमा उपलब्ध गराई सकेका थिए ।

सदन गुरूहरू भने आफ्ना विद्यार्थीहरूले नहडबाडाई काम गरून भनेर समूहलाई निर्देशन दिदै गरेका देखिन्थे । प्रतिस्पर्धा शुरूगर्न सबैसँग सहमति लिईयो, सबै सदनका मुख्य सेफले बुढी औला उठाई “थम्ज अप” गरेपछि होस्टले टाइम सेट गरे र सुरू गर्ने आदेश गरे ।

विद्यार्थीहरू हतार हतार आफ्नो आफ्नो जिम्मामा परेका कामहरू गर्न थाले , कोही प्याज टुक्राउँदै थिए, तेल तताउदै , पिठो मुछ्दै, मासु साँध्दै लगायतका कामहरू गर्दै थिए, बडा ढंड का साथमा मिक्सरमा मसाला तथा लस्सी बनाएको र ग्याँस चुल्हो चलाएको देख्दा साँच्चै विद्यार्थीहरू पाककलामा सिपालु देखिएका थिए ।

साना साना भाइबहिनीहरूले धैर्यका साथ आगोसँग मित्रता गरेको देख्दा कतै यी नानीबाबुहरू घरमा पनि बडा जाँगरका साथ भान्सामा जुट्ने गर्दा हुन् कि झैं लाग्दै थियो । खुब ढङ्गसँग प्याज टमाटर काटेको अनि कडाईमा डाडु पनियो सिपसँग चलाइको दृष्यफहेर्दा टेलिभिजनमा चल्ने कार्यक्रम “मास्टर सेफको” प्रतिस्पर्धा भन्दा कम लाग्दैनथ्याे । सबैले आ–आफ्नो जिम्मेवारी खुबै ध्यानपूर्वक निभाइरहेका देखिन्थियो ।

बिचबिचमा होष्टले १५ मिनेट, १० मिनेट बाँकी भन्दै निर्देशन दिएको सुनिन्थ्यो पनि, प्रतिष्पर्धिहरू अझ केन्द्रित र सशक्त हुँदै जुट्दै जान्थे ।
समय निश्चित थियो २५ मिनेट पुरा भयो भने सबैले चुल्होको आगो निभाउनु पर्ने , चक्कु वा डाडुपन्यू हातमा लिन नपाउने साथै अन्तिमको मिनेट भित्र प्लेटमा पस्किी सक्नु पर्ने निर्देशन सुरूआतमै दिइ सकेको थियो ।

मूल्याङ्कनका आधारहरू ३ वटा विधामा समावेश गरिएको थियो । १. पक्वानकोे नाम तथा प्रकार (कन्टिनेटल, चाइनिज, नेपाली इण्डियन वा अन्य), २. सजावट (गार्निस र प्लेटिङ्ग) र ३. स्वाद
केहिले २५ मिनेट अगावैै सके भने केही ले पुरा २५ मिनेटको नै प्रयोग गरे । क्रियाकलाप सकिए पछि सबै सदनलाई पालै पालो आफ्नो रेसीपीसँग अगाडि बोलाइन्थ्यो र आफ्नो परिकारको बारेमा के हो, कसरी बनाइन्छ कहाँबाट सुरूवात भएको हो आदि सोधिन्थ्यो र स्वाद लिईन्थो । सदनका सेफले आफ्नो परिकारको बारेमा अंग्रजी भाषामै सबै प्रश्नहरूको बिनम्रतापूर्वक जवाफ दिन्थे र मूल्याङ्कनकर्ताले स्वाद पछि प्रतिक्रिया सहित तालीले सम्मान गर्थे ।
प्रतिस्पर्धामा चिकेन चाउमिन र ड्राईफ्रुट मिक्स्ड लस्सीको कम्बिनेशन गरेको (स्पिडी टर्टल) हरियो सदन र चिकेन सटे (साधेको) र डाइजेष्टिीभ ड्रिंक बनाएको (गोल्डेन इगल) पहेलो सदन उत्कृष्ट बन्न पुगे । त्यसै गरि (ब्लु प्यान्थर) निलो सदनले बनाएको चिकेन ड्रमस्टिक र कोल्ड कफि दोस्रो स्थान पकड्न सफल भयो र (रेड राइनो) रातो सदनले तयार गरेको पोच्ड एग विथ चपाती र अरेञ्ज जुस ले तेस्रो स्थान हासिल ग¥यो ।
यो क्रियाकलाप आफैमा एक अभ्यास र सिप संग सम्वन्धित रेहेका भन्दै विद्यालयका प्रिन्सिीपल भन्नुहुन्छ, विद्यालयले स्थानिय पाठ्यक्रम अन्तरगत विभिन्न क्रियाकलाप अन्तरगत पाककलापनि समावेश गरेको साथै विद्यार्थीलाई औपचारीक शिक्षामात्र नभई जीवनपयोगी शिक्षा अनिवार्य छ, भान्सा संग निजिकिन सके विद्यार्थीहरूले घरमा आमा बाबालाई सघाउन सक्छन् , अनुसाशनमा सुधार हुन्छ तथा परिआँउदा आफूले आफ्ना लागि पकाई खान सक्ने क्षमताको विकास हुन्छ, यस्तै विभिन्न क्रियाकलापहरू हामी निरन्तर गदैं आएका छौं र आउने दिनहरूमा पनि गरिनेछन् । असाेज ३० गते विद्यालयले उक्त प्रतिस्पर्धा सम्पन्न गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्