कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

    मा प्रकाशित

असोज ३१, दाङ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरे, त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको छ ।अहिले निर्वाचन आचारसंहिता उलङ्घनका उजुरीहरू प्राप्त भईरहेको भन्दै आयोगले पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज हुनसक्ने भन्दै आयोगले राजनितिक दल र उम्मेद्वारहरूलाई सतर्क गराएको हो ।

निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात कार्तिक १८ बाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको आयोगले भनेको छ । आज सामाजिक सञ्जाल मार्फत जारी सन्देशमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताउनु भएको छ ।

तर कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको आयोगको भनाइ छ । तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान पाइने छैन । घरदैलोमा २५ जना जाँदा पनि कुनै बाजागाजा वा तामझाम गरेर जान पाइँदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्