प्रचारप्रसारमा आचारसंहिता : कात्तिक १८ अघि घरदैलोमा २५ जना मात्र – Kanika Khabar
Saturday, May 18Nepali News Portal

प्रचारप्रसारमा आचारसंहिता : कात्तिक १८ अघि घरदैलोमा २५ जना मात्र

    मा प्रकाशित

कार्तिक १, दाङ ।
सामाजिक सञ्जाल र भौतिक रूपमा गरिने चुनावी प्रचारप्रसार भड्किलो र आचारसंहिता विपरित जान थालेपछि निर्वाचन आयोगले उम्मेदवारहरूलाई जिम्मेवारीपूर्वक गतिविधि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

आचारसंहिता नमानेको खण्डमा त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी आयोगले दिएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने बताउनुभयो ।

कात्तिक १८ भन्दा अघि घरदैलो कार्यक्रम गर्न भने आयोगले रोकेको छैन तर घरदैलोमा २५ जना मात्रै जान र कुनै पनि बाजागाजा वा तामझाम नदेखाउन भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्