राजविद्यामा शताब्दी पुरुष जोशीको शोकसभा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

राजविद्यामा शताब्दी पुरुष जोशीको शोकसभा

    मा प्रकाशित

May be an image of 16 people, people standing and outdoorsकार्तिक १, दाङ ।
दाङको एक विद्यालयका शताब्दी पुरुष सत्यमोहन जोशीको मृत्युमा शोकसभा गरिएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित राजविद्या पाठशालामा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा गरिएको हो ।

विहानी प्रार्थनाकै बिचमा शोभसभा गरिएको थियो । ‘ विद्यार्थीहरुलाई राष्ट्रिय व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीको बारेमा जानकारी प्रदान गुर्नका साथै उहाँप्रति श्रद्धा व्यक्त गर्दै शोकसभा कार्यक्रम गरिएको हो । राष्ट्रिय व्यक्तिका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनका लागि पनि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका राख्ने गर्दछन् । जोशीको निधनमा सरकारले सार्वजनिक विदा दिई रहँदा कम्तिमा हामीले त्यस्ता व्यक्तिका बारेमा विद्यार्थीहरुलाई सामान्य जानकारी दिन आवश्यक हुन्छ ।’ प्रिन्सिपल टीकाजंग बिकेले बताए ।

May be an image of 1 person

शोकसभाका शिक्षिका बबिता अधिकारीले सत्यमोहन जोशीको व्यक्तित्वमाथि प्रकाश पार्दै शताब्दी पुरुष जोशीको निधनले नेपाली संस्कृति, भाषा तथा साहित्यमा अपूरणीय क्षति पुगेको बताएकी थिइन् । विद्यालयले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै हिजो सोमबार शोक बिदा गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्